नक्कली भारुसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ, १५ साउन । भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सिद्धार्थनगर नगरपालिका–१२ मा रहेको खड्का खाजाघरमा नक्कली नोटको कारोबार भइरहेको सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले खाजाघरमा खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट ५०० दरका १४० थान गरी जम्मा ७० हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ।

पक्राउ परेकाहरूको साथबाट नक्कली नोटबाहेक अन्य सामग्री पनि फेला परेको छ। ‘उनीहरूबाट सक्कली भारतीय मुद्रा २ हजार ७ सय ५८ र नेपाली नगद २ हजार १ सय ८० रुपैयाँ बरामद भएको छ,’ घटनाबारे जानकारी दिँदै प्रहरीले भनेको छ, ‘यसका साथै दुई थान मोबाइल पनि नियन्त्रणमा लिइएको छ।’

नक्कली नोटको कारोबारमा संलग्न दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ। उनीहरूमाथि थप सोधपुछ र कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । प्रहरीले जबर्जस्तीकरणीको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेतको लेकबेँसी नगरपालिका-१० साटाखानीका ३६ वर्षीय तेजबहादुर

काठमाडौँ, १३ असोज । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

काठमाडौँ, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी