सामाजिक सद्‌भाव र धार्मिक सहिष्णुता कायम राख्न शेखरको आग्रह

काठमाडौँ, १५ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै पक्षलाई संयम अपनाइ सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै यही विविधतामा रहेको एकता नै देशको सबैभन्दा ठूलो शक्ति भएको बताएका छन् ।

नेता कोइरालाले आवेग र उत्तेजनाले समाजलाई कुनै लाभ नपुर्‍याउने भन्दै वर्तमान परिस्थितिमा संयम, विवेक र आपसी संवाद नै सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गरेका छन् ।

उनले राजनीतिक नेतृत्व, धार्मिक गुरु तथा नागरिक समाजलाई शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् ।

‘आवेग वा उत्तेजनाले समाजलाई फाइदा पुर्याउँदैन। वर्तमान परिस्थितिमा संयम, विवेक र आपसी संवाद् नै सबैभन्दा ठूलो औषधि हो,’ कोइरालाले भनेका छन्, ‘राजनीतिक नेतृत्व, धार्मिक गुरु र नागरिक समाज सबैले शान्ति र सहिष्णुता कायम राख्न जिम्मेवार भूमिका खेलौं ।’

कोइरालाले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत घृणा फैलाउने गतिविधिलाई निरुत्साहित गर्दै समाजलाई जोड्ने सकारात्मक सन्देश मात्रै प्रवाह गर्न पनि सबैमा अपील गरेका छन् । उनले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । नेता कोइरालाले घाइतेहरूको उपचारमा राज्यले कुनै कमी हुन नदिनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बढ्दै गएको साम्प्रदायिक दङ्गा नियन्त्रण गरी सामाजिक सद्भाव कायम

काठमाडौँ, १५ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रवाह हुने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि

काठमाडौँ, १५ साउन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्‌भाव कायम राख्न धार्मिक अगुवासँग

काठमाडौँ, १५ साउन । सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ । साउन १४ गते