आलुको मूल्य बढ्यो

काठमाडौँ, १५ साउन । बजारमा आलुको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आलुको मूल्य बढेको हो ।

बजारमा रातो र सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । त्यसमध्ये रातो भारतीय आलु पनि बजारमा आउँछ ।

आज भारतीय रातो आलुको भाउ प्रतिकिलो थोकमा औसत ७ रुपैयाँ बढेको छ । आज यो आलु प्रतिकिलो थोक मूल्य न्यूनतम ३३ देखि अधिकतम ५७ र औसत ४२ रुपैयाँ कायम छ । हिजो न्यूनतम ३३ देखि अधिकतम ३७ र औसत ३५ थियो ।

रातो मुडेको आलु प्रतिकिलो न्यूनतम ४८ देखि अधिकतम ५३ र औसत ५० रुपैयाँ र सेतो आलु न्यूनतम ३० देखि अधिकतम ३५ र औसत ३३ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको

काठमाडौँ, १० भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका

काठमाडौँ, ९ भदौ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसदहरूले सोधेका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने भएका छन् । गत साउन