सङ्घीय संसद्‌मा ९ विधेयक दर्ता

काठमाडौँ, १५ साउन । सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ ।

साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ती विधेयकहरू दर्ता भएका हुन् । दर्ता भएका विधेयकहरूमध्ये ७ वटा प्रतिनिधिसभामा र २ वटा राष्ट्रियसभामा दर्ता गरिएका हुन् ।

सरकारले यसै आर्थिक वर्षभित्र १६६ वटा विधेयक संसद्मा पुर्‍याउने लक्ष्य राखेको छ ।  सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले ९ विधेयक बिहीबार सचिवालयमा आएको, केही बिहीबार नै र केही शुक्रबार दर्ता भएको जानकारी दिए । 

प्रवक्ता गिरीका अनुसार प्रतिनिधिसभामा राहदानी (पहिलो संशोधन) विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, खानी तथा खनिज पदार्थ विधेयक, २०८३, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३, मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक २०८३, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३, कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता भएका छन् । सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सभामा दर्ता भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी र पहिरोको यो महाविपद्को समयमा सबै राजनीतिक

हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको

एजेन्सी, १० भदौ । पाकिस्तानको राजधानी इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पीआईएमएस) अस्पतालको नवजात शिशु राखिएको वार्डमा आगलागी हुँदा कम्तीमा