सिरियामा दुई बस ठोक्किँदा कम्तीमा ३५ जनाको मृत्यु

एजेन्सी, १० साउन । सिरियामा दुई वटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।

शनिबार भएको यो दुर्घटना पूर्वी सिरियालाई राजधानी दमास्कससँग जोड्ने करिब ४०० किलोमिटर लामो देर एज जोउर–दमास्कस राजमार्गअन्तर्गत अल–सुखनाह र पाल्मिरा बीचको सडक खण्डमा भएको अलजजिराले जनाएको छ ।

सिरियाको गृह मन्त्रालयका अनुसार एउटा बसमा आन्तरिक सुरक्षा बलका सदस्यहरू सवार थिए भने अर्को बसमा सर्वसाधारण यात्रुहरू यात्रा गरिरहेका थिए ।

दुर्घटनापछि उद्धारका लागि तत्काल एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको मन्त्रालयले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि होम्स सैन्य अस्पताल पुर्‍याउन घटनास्थलमा धेरै वटा हेलिकोप्टरसमेत परिचालन गरिएको सरकारी समाचार संस्था सिरियन अरब न्युज एजेन्सीले जनाएको छ ।

दुर्घटना भएको देर एज जोउर–दमास्कस राजमार्ग कमजोर सुरक्षा मापदण्डका कारण जोखिमपूर्ण सडकका रूपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र

हेटौंडा, ८ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा

काठमाडौँ, ७ भदौ । सङ्घीय संसद्, प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । भोली १ बजे बस्ने

काठमाडौँ, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही भदौ महिनादेखि सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ