हत्या, हिंसा र बलात्कार बढ्नुमा सामाजिक अराजकता र कमजोर राज्य व्यवस्था जिम्मेवार : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र बुझ्न नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले यस्ता घटनाहरू सामाजिक अराजकता, कमजोर राज्य व्यवस्था तथा २०८२ भदौ २४ गतेको विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानको परिणाम भएको बताएका हुन् । महासचिव पोखरेलका अनुसार देशको पछिल्लो अवस्थाले समाजमा आत्महत्याको श्रृंखलासमेत वृद्धि गराएको छ । समाजमा अपराध बढ्दै जाँदा नागरिकमा असुरक्षा र भयको मनोविज्ञान सिर्जना हुने उनको भनाइ छ ।

महासचिव पोखरेलले २०८२ भदौ २४ गते भएको विध्वंसकारी घटनाका योजनाकार तथा दोषीहरूको पहिचान गरी कानुनी रूपमा दण्डित गर्नुपर्नेमा जोड दिएका छन् । उक्त घटनाका दोषीहरूलाई कारबाही नगरेसम्म अपराधीहरू निर्भय हुने र नागरिकहरू सदैव भयभीत तथा असुरक्षित रहने अवस्था कायम रहने महासचिव पोखरेलको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।  कार्कीले आज दिउँसो २ बजे

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रदेशसभा बैठकमा

कञ्चनपुर, ८ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर

काठमाडौँ, ८ भदौ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक आज बस्ने भएका छन् ।