स्कुल बस र अटो ठोक्किएर दुर्घटना, दुई जनाको मृत्यु

उदयपुर, ८ भदौ । उदयपुरको बेलका नगरपालिका-५ जहडामा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५-००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस सोमबार बिहान एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परेर अटोमा सवार पाँचै जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालका चिकित्सकले मध्याह्न ११:४५ बजे बेलका नगरपालिका-५ बस्ने ३४ वर्षीया मन्दिरा मगर र नाम, थर, वतन नखुलेकी अर्की एक महिलालाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा अटो चालक बेलका-५ का २८ वर्षीय इन्द्र थापा र सोही ठाउँका १८ वर्षीय रोशन मगर गम्भीर घाइते छन्। यस्तै मोरङ विराटनगर महानगरपालिका-१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम छ। तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदाै । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर

काठमाडौँ, १९ भदौ । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ‘ए’को सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार गर्न सफल भएपछि अझै आशाको

काठमाडौँ, १९ भदौ । नेपालमा हालै आएको विनाशकारी बाढीका पीडितको सहयोगका लागि थाइल्यान्ड सरकारले ७० लाख थाई भाट (नगद) र

काठमाडौँ, १९ भदौ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका