आज परिसूचक नेप्से १९.१३ अंकले घट्यो

काठमाडौँ, ८ भदौ । आज सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

आज १९.१३ अंकले घटेर नेप्से २५९९.५८ अंकमा बन्द भएको हो । कारोबार सुरु भएसँगै घटेको बजारले दिनभर निरन्तरता पाउँदा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

यो दिन कुल ३५० वटा कम्पनीको ८५ लाख ७२ हजार कित्ता सेयर ३ अर्ब २३ करोडमा किनबेच भयो । जसमा ४७ वटाको बढ्दा २२९ वटाको मूल्य घटेको हो ।

यो दिन सर्वोत्तम पेन्ट्सको १४.९९ प्रतिशतले मूल्य बढ्दा धौलागिरी लघुवित्त वित्तीय संस्थाको ११.९८ प्रतिशतले मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर

काठमाडौँ, ८ कार्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम

काठमाडौँ, ८ कार्तिक । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि

काठमाडौँ, ८ कार्तिक । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ