पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु

कैलाली, ९ साउन । गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।

जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका १५ वर्षीय पुष्पराज चौधरीको खोलामा पौडी खेल्ने क्रममा डुबेर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका लागि निसर्ग अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा साउन ९ गते साँझ ५:०२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको यूईएफए नेसन्स लिग खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्

काठमाडौँ, १० असोज । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता बन्दै

काठमाडौँ, ९ असोज । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । जापानको आइचीस्थित निशिनमा

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी