अरिंगालले टोकेर एकजनाको मृत्यु

काठमाडौँ, १५ असोज । धादिङमा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार आज बेलुका करिब ६ः३० बजे धुनिबेँसी नगरपालिका–९, रानागाउँमा अरिंगालले टोक्दा घाइते भएका दुईमध्ये उपचारका क्रममा एकजनाको मृत्यु भएको हो ।

रानागाउँमा जग्गा भाडामा लिई तरकारी खेती गर्दै आएका दाङका ३७ वर्षीय कमानसिंह घर्तीमगर र धुनिबेँसी–९, सिक्रेखोलाका ५३ वर्षीय राम तामाङलाई अरिंगालले टोकेको थियो । नजिकै पाखोमा अरिंगाल पोल्ने क्रममा त्यसले टोक्दा उनीहरू घाइते भएका थिए ।

त्यसपछि छिमेकीले उनीहरूलाई उपचारका निम्ति काठमाडौँ ल्याएका थिए । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज बिहान कमानसिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङ भने सामान्य उपचारपश्चात् आफूखुसी ‘डिस्चार्ज’ भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक