कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ

काठमाडौँ, ६ साउन । मोरङको विराटनगर महानगरपालिका –१८ झटियाही बुधनगरबाट कटुवा पेस्तोल र लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति १२:१० बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर अन्तर्गत प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर –१८ झटियाही बुधनगर निवासी ५९ वर्षीय लाल किशोर यादवको कोठामा खानतलासी गरिएको थियो ।

खानतलासीका क्रममा यादवको साथबाट एक थान कटुवा पेस्तोल, ८.४८ किलोग्राम गाँजा तथा खैरो हिरोइन ३ ग्राम ०७ मिलिग्राम बरामद गरेको हो । बरामद भएको कटुवा पेस्तोल र लागुऔषधसहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।  कार्कीले आज दिउँसो २ बजे

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रदेशसभा बैठकमा

कञ्चनपुर, ८ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर

काठमाडौँ, ८ भदौ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक आज बस्ने भएका छन् ।