ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क

एजेन्सी, ५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार (ट्यारिफ) लगाउने घोषणा गरेका छन् ।

अमेरिकाले क्यानडाले अमेरिकी सवारीसाधन, दुग्धजन्य पदार्थ र मदिराप्रति असमान व्यवहार गरेको आरोप लगाउँदै यो निर्णय गरेको हो।

नयाँ ट्यारिफ ३० दिनपछि लागू हुनेछ। यससँगै उत्तर अमेरिकी दुई छिमेकी मुलुकबीचको व्यापारिक तनाव थप चर्किएको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने आगामी केही साताभित्र अमेरिकासँगको व्यापार वार्तालाई थप तीव्र बनाउने बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकाले एकपछि अर्को गर्दै क्यानडा–अमेरिका–मेक्सिको स्वतन्त्र व्यापार सम्झौताको भावना विपरीत एकपक्षीय व्यापारिक कदम चालिरहेको आरोप लगाए।

नयाँ शुल्क वाइन, हक्की स्टिकलगायत दैनिक उपभोग्य वस्तुदेखि व्यावसायिक सिमेन्टजस्ता औद्योगिक सामग्रीमा लागू हुनेछ। तर ऊर्जा, पोटास, महत्वपूर्ण खनिज तथा माछाजस्ता प्रमुख निर्यात वस्तु भने यसबाट छुट दिइएको छ।

अमेरिकाले यसअघि नै क्यानडाली स्टिल, एल्युमिनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म ट्यारिफ लगाउँदै आएको छ। साथै सफ्टवुड काठमा ३५ प्रतिशत र सवारीसाधनमा प्रयोग हुने गैर(अमेरिकी पार्टपुर्जामा २५ प्रतिशत शुल्क कायम छ।

यसको जवाफमा क्यानडाले पनि अमेरिकी स्टिल, एल्युमिनियम र केही सवारीसाधनमा २५ प्रतिशत प्रतिशोधात्मक ट्यारिफ लगाएको छ।

नयाँ निर्णय केही दिनअघि राष्ट्रपति ट्रम्पले क्यानडाबाट फैलिएको डढेलोको धुवाँ अमेरिकी सहरसम्म पुगेको भन्दै थप ट्यारिफ लगाउने चेतावनी दिएपछि आएको हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको बाढीका कारण स्थिति गम्भीर र

काठमाडौँ, १० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले गरेको ठूलो क्षति गरेकोप्रति दुःख व्यक्त गरेका

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा