पाकिस्तानमा अस्पतालमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको मृत्यु

एजेन्सी, १० भदौ । पाकिस्तानको राजधानी इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पीआईएमएस) अस्पतालको नवजात शिशु राखिएको वार्डमा आगलागी हुँदा कम्तीमा १५ शिशुको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यम जियो न्युजका अनुसार घटना बुधबार अस्पतालको नर्सरीमा भएको हो । आगलागी हुँदा उक्त वार्डमा १६ जना नवजात शिशु रहेका थिए ।

तीमध्ये एक जनालाई मात्र सकुशल उद्धार गरिएको अस्पतालका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार नर्सरीभित्र रहेको एयर कन्डिसनरको कम्प्रेसर विस्फोट भएपछि आगलागी सुरु भएको प्रारम्भिक जानकारी छ । 

आगलागीपछि तत्काल दमकल परिचालन गरिएको थियो । दमकलकर्मीले आगो नियन्त्रणमा लिए पनि घटनास्थलमा तातोपन कम गर्ने तथा थप जोखिम रोक्ने काम जारी राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

न्युयोर्क, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ । 

काठमाडौँ, १३ असोज । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को उपाध्यक्ष पदमा चयन भएको छ ।  कतारको राजधानी दोहामा जारी बैंकको

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंसिर १ गतेदेखि काठमाडौँमा पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।