पाकिस्तानमा अस्पतालमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको मृत्यु

एजेन्सी, १० भदौ । पाकिस्तानको राजधानी इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पीआईएमएस) अस्पतालको नवजात शिशु राखिएको वार्डमा आगलागी हुँदा कम्तीमा १५ शिशुको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यम जियो न्युजका अनुसार घटना बुधबार अस्पतालको नर्सरीमा भएको हो । आगलागी हुँदा उक्त वार्डमा १६ जना नवजात शिशु रहेका थिए ।

तीमध्ये एक जनालाई मात्र सकुशल उद्धार गरिएको अस्पतालका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार नर्सरीभित्र रहेको एयर कन्डिसनरको कम्प्रेसर विस्फोट भएपछि आगलागी सुरु भएको प्रारम्भिक जानकारी छ । 

आगलागीपछि तत्काल दमकल परिचालन गरिएको थियो । दमकलकर्मीले आगो नियन्त्रणमा लिए पनि घटनास्थलमा तातोपन कम गर्ने तथा थप जोखिम रोक्ने काम जारी राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० असोज । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ

एजेन्सी, १९ असोज । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको

एजेन्सी, १९ असोज । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ । अमेरिकाको यो

एजेन्सी, १९ असोज । पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तहरिक–ए–इन्साफले (पीटीआईले) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि लङ