ट्याक्टर दुर्घटना: दुई जनाको मृत्यु

पर्वत, २ साउन । पर्वतको कुश्मा नगरपालिका–९ एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ, अन्य एक जना घाइते भएका छन् । 

कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर शनिबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो । मृत्यु हुनेमा ट्याक्टर चालक पर्वतको कुश्मा नगरपालिका–७ बस्ने अन्दाजी २८ वर्षीय सुजन नेपाली र कुश्मा नगरपालिका–९ साइकलचोक बस्ने अन्दाजी १४ वर्षीय शिशिर लामिछाने छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको कुश्मास्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने २२ वर्षीय उदय सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई