काठमाडौँ, ९ भदौ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसदहरूले सोधेका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने भएका छन् ।
गत साउन १५ गतेदेखि स्थगित भएको प्रदेश सभाको बैठक आगामी भदौ १० गते दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ । मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने ११ गतेको बैठकमा रहेको सचिव गोविन्द पौडेलले जानकारी दिएका छन् ।
यसअघि गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको २०८० साल भदौ ३ गते भएको थियो ।





