काठमाडौँ, ३२ असार । नेपाली कांग्रेसले साउन ७ गतेदेखि नयाँ अभियान सुरु गर्ने भएको छ ।
पार्टीलाई नागरिक केन्द्रीत मुद्दामा परिचालन गर्ने गरी नयाँ अभियान सुरु गर्न लागिएको जानकारी गराइएको छ ।
पार्टी सभापति गगन थापाले साउन ७ गतेबाट नयाँ अभियान प्रारम्भ गरिने जानकारी गराए । कांग्रेसको संशोधित विधानमा प्रत्येक समितिका रहेका सदस्यले ५० प्रतिशत साङ्गठनिक र ५० प्रतिशत सामाजिक काममा जोडिनुपर्ने व्यवस्था गरेको छ । सभापति थापाले भने,‘साउन ७ गतेदेखि यही मर्मका साथ नयाँ अभियान प्रारम्भ हुँदैछ, जसले कांग्रेसलाई ‘इलेक्सन सेन्ट्रिक’ बाट ‘सिभिक सेन्ट्रिक’ (नागरिक केन्द्रित) पार्टीमा रूपान्तरण गर्नेछ ।’





