स्वास्थ्य मन्त्रालयले २३ स्वास्थ्यकर्मीलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ, ३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ६० दिनभन्दा बढी समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित कर्मचारीलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न अवसर दिएको हो ।

मन्त्रालयका अनुसार ती कर्मचारीहरू नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) को खण्ड (ज) विपरीत बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेको पाइएको छ ।
 
सोही आधारमा ऐनको दफा ७२ को खण्ड (ब) उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने भन्ने विषयमा स्पष्टीकरण मागिएको हो ।

सूचनामा तोकिएको १५ दिनभित्र चित्तबुझ्दो सफाइ पेस नगरे कानुनबमोजिम विभागीय कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३२ असार । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्

काठमाडौँ, ३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ६० दिनभन्दा बढी समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका २३

काठमाडौँ, ३२ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग

काठमाडौँ, ३१ असार । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम सुरु गरेको बताएका छन् । आज प्रधानमन्त्री तथा