६ सचिवको सरुवा

काठमाडौँ, ३२ असार । सरकारले ६ सचिवको सरुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गरेको हो । सरुवा गरिएका सचिवहरूको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेब पोटलमा परिवर्तन गरिएको छ । 

बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । 

राउतको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई ल्याइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा राखिएका डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुर्‍याइएको छ । 

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेको सचिव राधिका अर्याललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुर्‍याइएको छ । नयाँ बनाइएको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई पुर्‍याइएको छ भने राष्ट्रिय सतर्कता केन्द्रमा विश्वबाबु पुडासैनी पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३२ असार । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्

काठमाडौँ, ३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ६० दिनभन्दा बढी समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका २३

काठमाडौँ, ३२ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग

काठमाडौँ, ३१ असार । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम सुरु गरेको बताएका छन् । आज प्रधानमन्त्री तथा