अब संघीय संसद्का सांसदहरूले स्वकीय सचिव राख्न पाउने

काठमाडौँ, ३२ असार । संघीय संसद्का सांसदहरूले स्वकीय सचिव राख्न पाउने भएका छन् ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको हो । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मन्त्रिपरिषद्को मंगलबारको बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको जानकारी दिइन् । ‘मन्त्रिपरिषद्को मंगलबारको बैठकले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको हो,’ उनले भनिन् । 

यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा, सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३२ असार । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्

काठमाडौँ, ३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ६० दिनभन्दा बढी समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका २३

काठमाडौँ, ३२ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग

काठमाडौँ, ३१ असार । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम सुरु गरेको बताएका छन् । आज प्रधानमन्त्री तथा