काठमाडौँ, ३१ असार । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१२ दुर्गा मन्दिर नजिकको पसलमा तास खेलिरहेका ५ जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।
केके लिक्विड पसलमा तास खेलिरहेकाहरुलाई गएराति पौने १० बजे प्रहरीवृत्त बौद्धले नियन्त्रणमा लिएको हो । जुवाखालबाट तीन बुक तास र नगद ६७ हजार ३३५ रुपैयाँ बरामद समेत गरेको प्रहरीले जनाएको छ ।




