विश्व बजारमा तेलको भाउ बढ्यो

एजेन्सी, ३१ असार । अमेरिकाले लगातार चौथो रात पनि इरानमाथि हवाई आक्रमण जारी राख्दै इरानी बन्दरगाहतर्फ जाने–आउने जहाजमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । 

आज बिहानको कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य शून्य दशमलव ३ प्रतिशतले बढेर प्रतिव्यारेल ८५ अमेरिकी डलर पुगेको छ । त्यस्तै अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई)को मूल्य शूनय दशमलव ५ प्रतिशतले बढ्दै प्रतिव्यारेल करिब ८० अमेरिकी डलर पुगेको छ ।

अमेरिकी सेनाले मंगलबार मध्य अप्रिलदेखि दुई महिनासम्म लागू गरिएको इरानमाथिको नौसैनिक नाकाबन्दी पुनः लागू गरिएको जनाएको थियो । यसअघि उक्त नाकाबन्दीले पनि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढाएको थियो । 

यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने सबै मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने आफ्नो योजना त्यागेपछि तेल बजारका लगानीकर्ताले केही राहत महसुस गरेका छन् । उक्त योजना कार्यान्वयन भएको भए इरानले पनि स्ट्रेट हुँदै हुने आवागमनबाट शुल्क उठाउने प्रयासलाई वैधता मिल्ने विश्लेषण गरिएको थियो ।

आज एउटा नोटमा दोयचे बैंकका विश्लेषकहरूले पछिल्लो मूल्यवृद्धिलाई लगानीकर्ताले धेरै ठूलो जोखिमका रूपमा नलिएको बताएका छन् । उनीहरूका अनुसार ब्रेन्ट तेलको मूल्य यस वर्षको सुरुआती उच्च स्तरभन्दा अझै निकै तल छ । केही महिनाअघि ब्रेन्टको मूल्य करिब दुई महिनासम्म प्रतिव्यारेल १०० डलरभन्दा माथि पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असार । बजारमा हरियो धनियाँको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको

काठमाडौँ, ३१ असार । यस वर्ष करिब ५५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित

काठमाडौँ, ३१ असार । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार