प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म संसदमा विरोध कायमै राख्ने एमालेको घोषणा

काठमाडौँ, ३० असार । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध कायमै राख्ने जनाएको छ । 

आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसद गणेशसिंह ठगुन्नाले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाह नै भारतको सीमा नेपालले मिचेको भनेर गलत अभिव्यक्ति दिएकाले उक्त अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाउनुपर्ने बताएका हुन् ।  

उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे विपक्षीले लगातार प्रश्न उठाउँदै आए पनि बेवास्ता गरिएको बताए । साथै उनले सोमबार मिडियाका कार्यालयअगाडी गाडी तेर्स्याएर पञ्चायतकालीन झल्को दिएको बताए । 

त्यस्तै नेकपाका सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउनतर्फ बेवास्ता गरिएको भन्दै गणेश नेपालीको घटनापछि हिजो र अस्ति राजधानीमा भएका घटनाहरू निकै गम्भीर भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच

काठमाडौँ, ३० असार । गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् । मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न

काठमाडौँ, ३० असार । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले संसदमा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै नागरिकको जीवन र रोजीरोटीको संरक्षण राज्यको

काठमाडौँ, ३० असार । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले जनतामा नैराश्य बढेको भन्दै देश सङ्कटमा पुगेको बताएका छन् ।  आज प्रतिनिधि