काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यका खानेपानी बाँसबारी प्रशोधन केन्द्रको पानी ट्यांकीभित्र एक पुरुष मृत फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित रहेको उक्त केन्द्रको पानी ट्यांकीमा मंगलबार एक पुरुष व्यक्ति मृत भेटिएका हुन् ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छैन । उनी अन्दाजी ३५ वर्षको रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।





