१४ लाख बढी मूल्यका अवैध सामान बरामद

सिरहा, २३ असार । सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छलीका १४ लाख बढीको सामान बरामद भएका छन् ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेका र भारततर्फ पठाउँदै गरेको १४ लाख ३ हजार ३२६ बराबरका विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको हो । नम्बर ७ गण मुख्यालय, सिरहाका अनुसार सीमा क्षेत्रमा सञ्चालन गरिएको नियमित निगरानी तथा चेकजाँचका क्रममा मोटरसाइकल, कस्मेटिक सामग्री, पित्तलका भाँडा, मदिरा, इलेक्ट्रिक सामान, किराना सामग्री तथा डिजेल बरामद गरिएको छ ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न आगामी दिनमा पनि निगरानी थप कडा बनाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ भने पैदलयात्री भने

काठमाडौँ, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका