भाउजूको हत्या गर्ने देवर पक्राउ

काठमाडौँ, २३ असार । खुकुरी प्रहार गरी आफ्नै भाउजूको बीभत्स हत्या गरेको आरोपमा मोरङको ग्रामथान गाउँपालिकामा देवरलाई प्रहरीले पक्राउ गरेको छ ।

ग्रामथान गाउँपालिका वडा नम्बर ६ झोवाबनी बस्ने २१ वर्षीय सौचन खवासले धारिलो हतियार खुकुरी प्रहार गरी २० वर्षीया भाउजू सीमा राजवंशीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २२ गते राति साढे ८ बजेतिर सौचनले कपिल खवासकी श्रीमती सीमाको घाँटीमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सीमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । के कारणले आक्रमण भएको हो भन्नेबारे अहिलेसम्म प्रस्ट खुलेको छैन ।

सोही क्रममा बचाउ गर्न खोज्दा सोही स्थानमा बस्ने ४४ वर्षीय ठुलोबुबा नाता पर्ने शिवलाल खवास समेत घाइते भएका छन् । उनको दाहिने कुममा गहिरो चोट लागेको र उनलाई स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ ।

उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असार । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त

काठमाडौँ, २३ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । 

काठमाडौँ, २३ असार । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १४ सय

सिरहा, २३ असार । सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छलीका १४ लाख बढीको सामान बरामद भएका छन् । भारतबाट नेपालतर्फ