मकवानपुर, २० असार । जनकपुरबाट पोखरातर्फ जान आउँदै गरेको ना६ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे चेक प्वाइन्टनजिकै बस दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते नौजनालाई थप उपचारका निम्ति हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
बसमा ३०–३५ जना सवार र अरू यात्रु सामान्य रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।





