अमेरिकालाई विश्‍वयुद्धभन्दा पनि धेरै खतरा कम्युनिजमबाट छ : ट्रम्प

वासिङ्टन, २० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुले साम्यवादको खतरा बढाइरहेको दाबी गरेका छन् ।

उनले भने, ‘हाम्रो देशमा फेरि कम्युनिजमको खतरा बढ्दै गएको छ । विशेषगरी हाम्रो जीवनशैली र सफलतासँग पूर्ण रूपमा असहमत विचार बोकेर आउने केही नयाँ आप्रबासीबाट यस्तो खतरा देखिएको छ । कम्युनिजम अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा हो । यो प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, पर्ल हार्बर वा सेप्टेम्बर ११ को आक्रमणभन्दा पनि ठूलो खतरा हो ।अमेरिका कहिल्यै कम्युनिष्ट देश बन्ने छैन ।’

अमेरिकी स्वतन्त्रता संग्रामको २५० औँ वार्षिकोत्सवका अवसरमा दक्षिण डकोटास्थित माउन्ट रशमोरमा आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकी सेनाको शक्ति र इतिहासको प्रशंसा गरे । उनले भने, ‘हामीले संसारकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेका छौं । हामीले दुई विश्वयुद्ध जित्यौं । शीतयुद्धपछि अमेरिकाका शत्रुहरू इतिहासको गहिराइमा हराएका छन् ।’

उनले अमेरिकीहरूभन्दा बढी दान गर्ने, भोकमरी अन्त्य गर्ने, रोगको उपचार गर्ने वा मानवताको उत्थानका लागि योगदान दिने अर्को कुनै राष्ट्र नरहेको दाबी पनि गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६