सरकारका सय दिन उपलब्धी शून्य, पूर्णत असफल : संयोजक प्रचण्ड

रुपन्देही, २० असार । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सय दिन उपलब्धीशून्य भएको बताएका छन् ।

लुम्बिनी प्रदेशस्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल आएका उनले पत्रकारहरुसँग बोल्दै उनले भने, ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो । त्यसअर्थमा यो सरकारका सय दिन पूर्णत असफल भएको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले नै बामएकताको कुरा कुनै नभएको तर सहकार्यको लागि समन्वय गरेको जनाएका छन् ।

बाम एकताको लागि तपाईले समन्वय गरेको कुरा छ नि भन्ने प्रश्नको जवाफमा उनले भने– ‘बाम एकताभन्दा पनि कांग्रेस–एमाले–लगायत सबैसँग सहकार्यको कुरा हो, अहिले एकताको कुरा छैन, सहकार्यमा हामीले त्यसमा समन्वय गरिराखेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असार । बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको

काठमाडौँ, २० असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिदसँग सम्बन्धित कानुनहरू अत्याधिक जटिल र संकुचित भएका कारण

काठमाडौँ, २० असार । नेकपा (एमाले)को सांसद रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् ।

काठमाडौँ, २० असार । काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । शुक्रबार महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महानगरपालिकालाई