सिराहामा गोली चल्यो

सिराहा, १९ असार ।  सिराहामा प्रहरीले गोली चलाएर एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला निवासी अन्दाजी २४ वर्षीय अब्दुल कलाम रहेका छन् ।  गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

भारतसँग सिमाना जोडीएको सिरहाकाे नवराजपुर गाउँपालिका-४ मा प्रहरीको सर्चको क्रममा लागुऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिरोध गरेपछि गोली चलेको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका कलामलाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ । उनको साथबाट प्रहरीले १ सय २२.८ मिलि ग्राम ब्राउनसुगर बरामद गरेको छ । उनीहरू दुई ओटा मोटर साइकलमा चार जना आएका थिए प्रहरीले गोली चलाउँदा ३ जना भने फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट दुई थान भारतीय नम्बर प्लेटकाे मोटर साइकल समेत बरामद गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १९ असार । समृद्ध, व्यवस्थित र आत्मनिर्भर स्थानीय सरकार निर्माणका लागि कर प्रणालीलाई प्रभावकारी बनाउनु अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।

काठमाडौँ, १९ असार । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ । शुक्रबार नेप्से परिसूचक

भक्तपुर, १९ असार । सूर्यविनायक वडा नं. ४ मा केन्द्रीय कार्यालयल रहेको नेपाल फुलवारी वेष्ट थ्री आर पोलुशन कन्ट्रोल सर्भिस

काठमाडौँ, १९ असार । सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार