सुन तथा नगद चोरी

काठमाडौँ, १९ असार । तनहुँको व्यास नगरपालिका–४ पाखर टोलमा एकै क्षेत्रमा ठूलो मात्रामा सुनका गरगहना र नगद चोरी भएको छ। 

प्रहरीका अनुसार बिहीबार दिउँसो पाखर टोल बस्ने ८२ वर्षीय देवनिधि पन्तको घर र सोही क्षेत्रमा रहेको अर्को एक घरका विभिन्न कोठाहरूबाट सुन तथा नगद चोरी भएको हो।

पन्तको आफ्नै घरबाट ६ तोला सुनका गरगहना र २ लाख ५० हजार रुपैयाँ नगद चोरी भएको छ । सोही घरमा डेरा गरी बस्ने २५ वर्षीया सबिना खड्काको कोठाबाट डेढ तोला बराबरको सुनको गहना गायब पारिएको छ । यस्तै, पन्तकै घरमा डेरा बस्ने स्याङ्जाकी ४३ वर्षीया पार्बती अर्याल लामिछानेको कोठाबाट पनि डेढ तोला सुनका गरगहना र नगद २० हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही ठाउँ बस्ने रेशम भुजेलको घरमा डेरा गरी बस्ने २५ वर्षीया कृति गुरूङको कोठाबाट पनि २० लाल बराबरको सुनको गहना चोरी भएको छ । 

घटनालगत्तै परिचालन भएको प्रहरीले चोरीमा संलग्न भई हाल फरार रहेका व्यक्तिहरूको खोजी कार्य तीव्र बनाएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १९ असार । समृद्ध, व्यवस्थित र आत्मनिर्भर स्थानीय सरकार निर्माणका लागि कर प्रणालीलाई प्रभावकारी बनाउनु अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।

काठमाडौँ, १९ असार । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ । शुक्रबार नेप्से परिसूचक

भक्तपुर, १९ असार । सूर्यविनायक वडा नं. ४ मा केन्द्रीय कार्यालयल रहेको नेपाल फुलवारी वेष्ट थ्री आर पोलुशन कन्ट्रोल सर्भिस

काठमाडौँ, १९ असार । सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार