चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौँ, १८ असार । जुम्लामा चट्याङ लागेर हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ परेको चट्याङ लागेर स्थानीय छोटा खर्क पाटनमा भेडा गोठालो गएका बेला चट्याङ लागेर रावतको मृत्यु भएको हो ।

चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन् । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर केही भेडाबाख्रा मरेको भए पनि संख्या यकिन नभएकाले त्यसबारे अनुसन्धान तथा विवरण संकलन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा

काठमाडौँ, १८ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको नियुक्ति प्रक्रिया र कदमप्रति व्यङ्ग्य गरेका छन् । विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने

काठमाडौँ, १८ असार । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३० औँ बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सम्भावित

काठमाडौँ, १७ असार । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै खालको सम्झौता नभएको बताएका छन् ।  आज