युरेनियम धातु उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन : मन्त्री खनाल

काठमाडौँ, १७ असार । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै खालको सम्झौता नभएको बताएका छन् । 

आज राष्ट्रियसभा बैठकमा सांसदहरूको प्रश्नोत्तरमा मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबिच सम्झौता भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताए ।

उनले प्राकृतिक स्रोत र त्यसको उपयोगका सम्बन्धमा नेपालको संविधानमा उल्लेख व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताए। यस्तै मन्त्री खनालले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरीत हुने गरी कुनै पनि सम्झौता नगर्ने समेत स्पष्ट पारे ।

उनले नेपाल र भारतबिचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि, सम्झौता तथा नक्साका आधारमा सीमा सम्बन्धी समस्याहरूको समाधान कूटनीतिक वार्ताको माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको बताए। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असार । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै खालको सम्झौता नभएको बताएका छन् ।  आज

एजेन्सी, १७ असार । भेनेजुएलामा जुन २४ मा गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिको दायरा सरकारी अनुमानभन्दा निकै ठूलो हुन सक्ने देखिएको

काठमाडौँ, १७ असार । हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

काठमाडौँ, १६ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा