राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ

काठमाडौँ, १७ असार । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाले राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा अध्यक्ष दाहालले संघ सरकारका मन्त्रीहरूलाई त्यस्तो निर्देश गरेका हुन् ।  

अध्यक्ष दाहालले बैठकमा निर्देश गर्दै भने, ‘राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशीक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु,’ । 

त्यसअघि आजकै बैठकमा सांसदहरूले शून्य समयमा उठाएका जनताका प्रश्नको जवाफ सरकारले नदिएको भन्दै नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असार । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार पक्राउ

काठमाडौँ, १७ असार । नेपाल राष्ट्र बैंकले ४५ अर्बबराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ आज बोलकबोलमार्फत निष्कासन गर्ने

काठमाडौँ, १७ असार । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन सय ६

काठमाडौँ, १७ असार । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने,