काठमाडौँ, १६ असार । पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा वर्षा भएको छ ।
कोसीदेखि सुदूरपश्चिम प्रदेशसम्म अधिकांश भूभागमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो १ः०५ बजे गरिएको पछिल्लो २४ घण्टाको मापनमा सबैभन्दा बढी वर्षा कञ्चनपुरमा भएको देखिएको छ । यो अवधिमा कञ्चनपुरको हनुमाननगरमा १४७.४ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ । यो ‘धेरै भारी’ वर्षा हो ।
“गएको २४ घण्टामा सबैभन्दा बढी पानी कञ्चनपुरको हनुमाननगरमा १४७.४ मिलिमिटर परेको छ,” महाशाखाले भनेको छ ।
अहिले पनि मधेसबाहेक अरू प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको महाशाखाले जनाएको छ ।






