संसद्लाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्दछ : मन्त्री गौतम

काठमाडौँ, १६ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।

आज ६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले संसद्लाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिएकी हुन् ।

उनले भनिन्, ‘अनौपचारिक रूपमा गफ गर्ने बेला पनि सुनिन्छ, पहिलाको संसद्को तुलनामा अहिलेको संसदको गुणस्तर धेरै खस्किएको छ । आखिर किन खस्किँदै गएको छ भन्ने प्रश्नमा हामी आफैँले मनन गरौँ,’  । ‘यो जनताको सर्वोच्च थलो हो, जनताका प्रतिनिधि उपस्थित हुने थलो हो । यस संस्थालाई सर्वोच्च संस्थाका रूपमा कायम राख्ने दायित्व हाम्रै व्यवहारले देखाउनुपर्छ । हाम्रो आचरणमा कतै पनि कमजोरी नआओस् । म स्वयं यसका लागि शतप्रतिशत प्रयत्न गर्नेछु । यो मेरो आफैँसँग गरेको प्रतिबद्धता हो ।’

उनले संसद्को समयलाई जनताका मुद्दामा केन्द्रित गर्नुपर्ने र यसका लागि सांसदहरूले आफ्नो हरेक मिनेटको सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।

‘हामीले संसद्मा बोल्ने भाषा, उच्चारण गर्ने शब्द, र संसद्मा आउँदा लगाउने पोशाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्छ,’ मन्त्री गौतमले भनिन्, ‘यदि हामी संसद्को मान राख्छौँ भने त्यो मर्यादा हामीले आफ्नै व्यवहारबाट कायम गर्नुपर्छ, त्यसो गर्न सक्यौँ भने संसद् मर्यादित छ र संसद्को गरिमा उच्च छ भन्ने कुरा स्वतः पुष्टि हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका

काठमाडौँ, १० साउन । झापामा मुखभित्र लागूऔषध खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १० साउन । दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार

काठमाडौँ, १० साउन । काठमाडौँको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची