पिकअप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु

काठमाडौँ, १४ असार । मकवानपुरबाट काठमाडौँ आउँदै गरेको पिकअप दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

शुक्रबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घारखोल्सा स्थित दक्षिणकाली सडक खण्डमा पिकअप दुर्घटना हुँदा चालक मुकुन्द झ्यारी मगर गम्भीर घाइते भएका थिए । 

उपचारको क्रममा ४५ वर्षीय झ्यारी मगरको आइतबार बिहान आज ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

शुक्रबार बिहान साढे ६ बजेतिर बागमती प्रदेश ०१–०२६ च ५५९९ नम्बरको पिकअप अनियन्त्रित भएर सडकबाट १५० मिटर तल खसेको थियो । चालक झ्यारी मगर मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङका स्थानीय हुन् ।

हेटौँडा बस्दै आएका उनलाई पाटन अस्पतालका चिकित्कसहरुले अइतबार बिहान मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवादलाई अदालती प्रक्रियामा अल्झाउनुको सट्टा आन्तरिक संवाद र सहमतिका

काठमाडौँ, २९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाँले

काठमाडौँ, २९ साउन । सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । आज नेपाल एसोसिएसन अफ

काठमाडौँ, २९ साउन । संसदीय समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा