लागुऔषधसहित ६ जना पक्राउ

धनगढी, १४ असार । कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट एक ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने २१ वर्षीय किरण भट्टलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, टीकापुर नगरपालिका–९ खक्रौलाबाट थप एक जना पक्राउ परेका छन् । एक ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित बर्दियाको राजापुर नगरपालिका–६ बस्ने २३ वर्षीय प्रमेश थारुलाई पनि पक्राउ गरिएको छ ।

टिकापुर नगरपालिका–९ खैरीपुरबाट २९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित जानकी गाउँपालिका–३ का २१ वर्षीय राहुल तिरुवा र १९ वर्षीय सुरेश खनाल पक्राउ परेका छन् ।

यस्तै, टीकापुर नगरपालिका–८ खक्रौलाबाट एक ग्राम ९३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित टिकापुरकै २३ वर्षीय प्रशान्त थापा र जानकी गाउँपालिका–३ लाएकपुरका २४ वर्षीय अर्जुन ऐडीलाई पनि पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवादलाई अदालती प्रक्रियामा अल्झाउनुको सट्टा आन्तरिक संवाद र सहमतिका

काठमाडौँ, २९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाँले

काठमाडौँ, २९ साउन । सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । आज नेपाल एसोसिएसन अफ

काठमाडौँ, २९ साउन । संसदीय समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा