२ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ

रौतहट, १४ असार । बारासँग सीमा जोडिएको नेपाल–भारत सीमामा २ किलो अफिमसहित दुई नेपाली नागरिक र एक भारतीय नागरिक पक्राउ परेका छन् ।

सशस्त्र सीमा बल (एसएसबी) ७१ बटालियनको गोप्य सूचनाका आधारमा शनिबार नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा २ किलो (प्याकिङसहित) अफिमजस्तो देखिने पदार्थ र एउटा हिरो होन्डा मोटरसाइकलसहित दुई नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नेपालको बारा जिल्लाको लंगडा चोक निवासी ४० वर्षीय दिनेश राम र सोही स्थानका ४१ वर्षीय सोना लाल पासवान रहेको एसएसबि मुख्यालय पिपराकोठी का सहायक कमान्डेन्ट बिश्वजित तिवारीले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त तस्करीमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, जितना थाना क्षेत्रअन्तर्गत भवनीपुर गाउँ निवासी ४० वर्षीय लालबाबु सिंहको समेत संलग्नता खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । बरामद अफिम, मोटरसाइकल तथा पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि महुआवा प्रहरीको जिम्मा लगाईएको एसएसबीका प्रवक्ता बिनित कुमार सिंहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवादलाई अदालती प्रक्रियामा अल्झाउनुको सट्टा आन्तरिक संवाद र सहमतिका

काठमाडौँ, २९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाँले

काठमाडौँ, २९ साउन । सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । आज नेपाल एसोसिएसन अफ

काठमाडौँ, २९ साउन । संसदीय समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा