मोटरसाइकलसहित २ जना पक्राउ

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई जना चोरलाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा  गढीमाई नगरपालिका ६ बस्ने वर्ष २० काअनिल कुमार साह र सोही ठाउँका वर्ष २० का राम नारायण यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

मंगलबार बेलुकी साढे ६ बजे गरुडा नगरपालिका ४ स्थित घर अगाडी पार्किङ्ग गरि राखेको बा.प्र.०२-०४१ प ३८४९ नम्बरको २२० सिसी को पल्सर मोटरसाइकल चोरी भएको थियो।

चोरी भएको खबर प्राप्त हुनसाथ  गढीमाई नगरपालिका ६ स्थित प्रहरी चौकी धर्मपुरबाट खटिएको  टोलीले धरमपुर गाउँबाट निस्किने एकमात्र पुलको निगरानी गर्दै तत्कालै चेकजाँच गर्दा ७  बजे चोरीको उक्त मोटरसाइकलसहित आरोपी दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जना आरोपी इलाका प्रहरी कार्यालय गरुडाका नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा