फरार दुई जना प्रतिवादी पक्राउ

काठमाडौँ, ९ असार । प्रहरीले लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर–९ घर भएका २९ वर्षीय ज्ञानेन्द्र खड्का र बाराको परवानीपुर गाउँपालिका–२ घर भएका ३० वर्षीय खडानन्द प्रसाद यादव छन्। 

खड्कालाई सोमबार मोरङबाट पक्राउ गरिएको लाागुऔषध नियन्त्रण ब्यूरोका एसपी दुर्गाराज रेग्मीले बताए । अर्का प्रतिवादी यादव काठमाडौँबाट पक्राउ परेका हुन्। उनीहरू दुवै जना जेनजी आन्दोलन हुँदा भदौ २४ मा थुनाबाट भागेका थिए । ७८ ग्राम खैरो हेरोइन मुद्दामा पक्राउ परेका यादव कारागारबाट भागेका थिए।

ब्यूरोले अनुसन्धान गरिरहेको बेला खड्का जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतबाट भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।