‘माया भनेकै यस्तो होला’ को टिजर सार्वजनिक

काठमाडौँ, २९ साउन । रेखा थापा निर्देशित आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को मर्मस्पर्शी र प्रेमिल टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ ।

एक पुरुष पात्रको तीनजना महिला पात्रसँगको प्रेम, उनीहरूसँग विवाह, सम्बन्धको जटिलता, अपेक्षा र द्वन्द्वको कथालाई निर्देशक थापाले दृश्यभाषामा प्रस्तुत गरेकी छन् ।

माया र विवाहको बुझाइ, अर्थ र महत्वलाई पात्रको दृष्टिकोणबाट दर्शाइएको छ । तपाईंलाई रोमान्टिक, फेमिली ड्रामाहरूमा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

यो फिल्म हिन्दू महिलाको पर्व तीजको छेकोमा २६ भदौदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ । टिजर हेर्दा, फिल्मले तीजको भाइब्स र संवेदनालाई आत्मसात गर्ने पक्का छ ।

यो फिल्ममा नीति शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र दिल श्रेष्ठको शीर्ष अभिनय छ । तीनैजना अभिनेत्री मिस नेपाल ब्युटी पेजेन्टका टाइटल विजेता हुन् । सृष्टि र नम्रताले वर्ल्ड र नीतिले इन्टरनेसनल विधामा मिस नेपालको ताज जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले विगतका कमीकमजोरीको निर्मम आत्मसमीक्षा र रूपान्तरणको स्पष्ट

काठमाडौँ, १९ असोज । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका

काठमाडौँ, १९ असोज । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शाहको टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक