सीमाको विषयमा मैले ब्रिटिसलाई मध्यस्थता गर्छौ भनेको होइन: प्रधानमन्त्री शाह

चितवन, ७ असार । प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले रास्वपा लोकल गाडी नभएर हाइवेमा गुडेको गाडी भएकाले गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्ने बताएका छन् । 

आइतबार रास्वपाको महाधिवेशनमा सम्बोधन गर्दै शाहले कतिपयले आफूहरूले हाँकेको रास्वपा रुपी गाडी दुई तिहाइ जनमत दुर्घटनामा पर्न सक्ने भनेर गरेको चिन्ताप्रति यस्तो जवाफ दिएका हुन् । उनले रास्वपा प्रतिशोध साँध्ने पार्टी नभएको भन्दै विगतमा केही फट्याइँ भएको तथा सरकारी सम्पत्तिमा दोहन भएको बताए । उनले नियम कानुन नमिच्ने भन्दै कानुनभित्रै बसेर काम गर्ने र आउट अफ कन्ट्रोल नगएको बताए । 

प्रधानमन्त्री शाहले भने, ‘हाम्रो गाडी लोकल होइन, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ । हाम्रो गाडी अनियन्त्रित छैन । चिन्ता लिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।  सीमाको विषयमा हामीले ब्रिटिसलाई मध्यस्थता गर्छौ भनेको होइन । मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन ।’

पार्टीमा गुट उपगुटका सवालमा चलिरहेको चर्चाप्रति  शाहले राम्रो नेता र राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्ने बताए । उनले यही कार्यकालमा सुशासन कायम गर्ने तथा सहकारी लगायतका समस्या समाधान गर्ने भन्दै अर्को चुनावमा अर्को एजेन्डा लिएर जाने बताए । ‘कुनै एउटा समूहको माया जितेर हुँदैन’, शाहले समूह बनाउने पछाडि नलाग्न सुझाव दिँदै भने, ‘यस्तो बिउ नरोपौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, ७ असार । प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय कृष्ण

काठमाडौँ, ७ असार ।हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो २ बजेर ३२ मिनेटमा धक्का महसुस गरिएको राष्ट्रिय

काठमाडौँ, ७ असार । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांक अनुसार

काठमाडौँ, ७ असार । श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका