श्रीमतीलाई तेल खन्याएर आगो लाउने श्रीमान् पक्राउ

काठमाडौँ, ७ असार । श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्ट छन् ।

१५ पुस २०८२ मा भान्सामा सेल रोटी पकाउँदै गरेकी श्रीमतीको शरीरमा तेल खन्याएर आगो लगाएका थिए । उनीविरुद्ध तेजाब तथा अन्य रसायनिक, जैविक वा विशालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने सुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।