रास्वपा कांग्रेसको प्रतिस्पर्धी हो, दुस्मन होइन : सभापति थापा

चितवन, ७ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिस्पर्धी भएको तर, दुस्मन नभएको बताएका छन् ।

रास्वपाको चितवनमा सुरु पहिलो महाअधिवेशनमा शुभकामना दिँदै थापाले रास्वपा र कांग्रेसबिचको सम्बन्धबारे धारणा व्यक्त गरे । उनले रास्वपाको उदयले कांग्रेसलाई पनि आफ्नो कार्यशैली सुधार्न अप्ठ्यारो पारेको र त्यो लोकतन्त्रका लागि सुखद पक्ष भएको टिप्पणी गरे । रास्वपाबाट कांग्रेसले सिक्ने धेरै कुराहरू रहेको स्वीकार गर्दै थापाले इतिहासलाई भने पूर्णतः नकार्न नमिल्ने बताए ।

थापाले भने, ‘नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुस्मन होइन । हामी तपाईंहरूभन्दा अग्लो बन्न चाहन्छौँ र बन्छौँ पनि, तर तपाईंहरूलाई कमजोर बनाएर होइन, राम्रो कर्म गरेर र जनताको मन जितेर मात्र । ३५ वर्षमा केही भएको छैन नभन्नुहोला र पञ्चायत विरुद्धको सङ्घर्षलाई नबिर्सनुहोला ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, ७ असार । प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय कृष्ण

काठमाडौँ, ७ असार ।हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो २ बजेर ३२ मिनेटमा धक्का महसुस गरिएको राष्ट्रिय

काठमाडौँ, ७ असार । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांक अनुसार

काठमाडौँ, ७ असार । श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका