लागुऔषधसहित ३ जना पक्राउ

उदयपुर, ७ असार । प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३४ वर्षीय कृष्ण तामाङ,२६ वर्षीय जालकुमार राई र  ३० वर्षीय नेत्रमान राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार तामाङलाई जिल्लाको कटारी नगरपालिका–४ कान्छी बजारबाट इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने जालकुमार र नेत्रमानलाई चौदण्डी नगरपालिका ३ देउरालीस्थित मदन भण्डारी राजमार्गबाट इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

तामाङको साथबाट ५६ चक्की लागुऔषधसहित ४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । साथै नेत्रमान र जालकुमारको साथबाट ५७० ट्याब्लेट लागु औषधसहित एउटा अटोसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई सम्बन्धित प्रहरी कार्यालयहरूको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।