‘द बडी शप’को नयाँ स्टोर पुल्चोकमा

ललितपुर, ४ असार । क्रुएल्टी–फ्री सौन्दर्यलाई प्रवर्द्धन गर्दै ‘द बडी शप’को नयाँ स्टोर लबिम मलमा क्रुएल्टी–फ्री सौन्दर्य तथा दिगो व्यवसायिक अभ्यासका लागि विश्वभर परिचित ब्रान्ड द बडी शपले ललितपुरको पुल्चोकस्थित लबिम मलमा आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । नयाँ स्टोरको औपचारिक उद्घाटन बिहीबार नेपालका लागि बेलायती राजदूत रोव फेनले रिबन काटेर गरेका हुन् ।

पशु परीक्षणविहीन (क्रुएल्टी–फ्री) सौन्दर्य उत्पादनको अवधारणालाई प्रवर्द्धन गर्दै आएको द बडी शपले नेपालमा आफ्नो पहुँच विस्तार गर्ने क्रममा लबिम मलमा नयाँ स्टोर सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीले दरबारमार्गस्थित स्टोरसँगै नयाँ शाखामार्फत नैतिक सौन्दर्य उत्पादनलाई थप सर्वसुलभ बनाउने लक्ष्य लिएको छ।

द बडी शप नेपालकी निर्देशक सरु आर्याल प्रधानका अनुसार नयाँ स्टोर केवल व्यापार विस्तारको कदम मात्र नभई जिम्मेवार र दिगो सौन्दर्य उद्योगप्रतिको कम्पनीको प्रतिबद्धताको प्रतिबिम्ब पनि हो। “लबिम मलमा नयाँ स्टोर सञ्चालन गर्नु केवल अर्को खुद्रा बिक्री केन्द्र थप्नु मात्र होइन, यो नेपालमा नैतिक सौन्दर्य, दिगोपना र सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतीक हो,” उनले भनिन्।

कम्पनीले व्यापार विस्तारसँगै महिला नेतृत्वको प्रवर्द्धन, जिम्मेवार उद्यमशीलता, सामुदायिक कल्याण तथा दिगो व्यवसायिक अभ्यासलाई समेत प्राथमिकता दिएको जनाएको छ। नयाँ स्टोरमार्फत ग्राहकले अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय स्किनकेयर, बडी केयर, हेयरकेयर, सुगन्ध तथा वेलनेससम्बन्धी उत्पादनहरू प्राप्त गर्न सक्नेछन्।

सन् १९७६ मा बेलायतमा स्थापना भएको द बडी शप विश्वभर क्रुएल्टी–फ्री सौन्दर्य अभियान, कम्युनिटी ट्रेड साझेदारी तथा वातावरणमैत्री व्यवसायिक मूल्यका लागि परिचित छ। पशु परीक्षणविरुद्धको स्पष्ट अडान र नैतिक स्रोतबाट प्राप्त सामग्रीको प्रयोगले द बडी शपलाई विश्वव्यापी रूपमा जिम्मेवार सौन्दर्य ब्रान्डका रूपमा स्थापित गरेको छ।

लबिम मलमा नयाँ स्टोर सञ्चालनसँगै कम्पनीले नेपाली उपभोक्तामाझ पशु परीक्षणविहीन, नैतिक तथा दिगो सौन्दर्य उत्पादनको पहुँच थप विस्तार गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काभ्रे, ४ असार । बीभी कम्पनीले सञ्चालन गरिरहेको ‘BV विश्वकप परोपकारी सपना योजना’ अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–स्थित गणेश माध्यमिक विद्यालयमा

काठमाडौँ, ४ असार । काठमाडौँको टोखामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार टोखा नगरपालिका–८ गैरीगाउँस्थित सडक

काठमाडौँ, ४ असार । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, सल्लिचोकस्थित एक होटलमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको

काठमाडौँ, ४ असार । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपदमा ‘मन्त्रीको निरीक्षण भन्दा जनताको सुरक्षा’का लागि ध्यान दिइएको बताएका छन्