कुटपिटबाट एक युवकको मृत्यु, चार जना पक्राउ

काठमाडौँ, २ असार । गोरखामा एक युवकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार गोरखा नगरपालिका वडा नं ७ छिपीनीटोलमा रहेको गोरखा दोहोरी साँझ नजिकै सडकमा भएको कुटपिटबाट गम्भीर घाइते भएका वारपाक सुलिकोट गाउँपालिका वडा नं ३ का ३२ वर्षीय सन्त बहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

घटना गत जेठ २७ गते राती भएको थियो। अज्ञात समूहले गुरुङलाई लात, मुक्का र ढुंगाले टाउकोमा प्रहार गरी सख्त घाइते बनाएर फरार भएको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । 

प्रहरीले घाइते गुरुङलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल गोरखा पुर्‍याएको थियो। अस्पतालमा प्रारम्भिक उपचार पश्चात डिस्चार्ज भएर घर फर्किएका गुरुङ जेठ २९ गते दिउँसो अचानक अचेत भई ढलेका थिए। त्यसपछि उनलाई पुनः उपचारका लागि तत्काल प्रदेश अस्पताल गोरखा पुर्‍याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

गुरुङको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय गोरखाले घटनाको गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले कुटपिट र ढुंगा प्रहार गरी हत्यामा संलग्न रहेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका वडा नं ७ रोटेपानी बस्ने बुद्धरत्न शाक्य र रोहिनी शाक्यका २४ वर्षीय छोरा बोनस शाक्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।