एक सय किलो गाँजा बरामद

काठमाडौँ, ३१ जेठ । पर्सामा प्रहरीले एक सय किलो गाँजा बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरको संयुक्त टोलीले आज एक सय किलो गाँजा बरामद गरेको हो । 

संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गेरको हो ।

उक्त गाँजा कसको हो, कसले कुन प्रयोजनका लागि लुकाइछिपाइ राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ लगाउने विषय उपयुक्त नभएको

काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने बताएका छन् ।  आज सामाजिक

काठमाडौँ, ३१ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीभित्र आन्तरिक सहमतिका लागि भन्दै जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा