ललितपुरमा गोली चल्यो, तीन जना पक्राउ

काठमाडौँ, ३१ जेठ । ललितपुरमा गोली चलेको छ ।

शनिबार लागुऔषध ‘कारोबारी’ एक नेपाली र दुई भारतीय नागरिकलाई हवाईफायर गरी नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारतको बिहारका ३२ वर्षीय अहमद लड्न र बिहारकै ३३ वर्षीय महमत सद्दाम छन् ।

प्रहरीले उनीहरूका साथबाट लागुऔषध ट्रामाडोल ३० हजार क्याप्सुल पनि बरामद गरेको छ । सिम्रौनगढबाट काठमाडौँतर्फ आउँदै गरेको वाग्मती प्रदेश बीएडी९२०१ नम्बरको कारबाट उक्त लागुऔषध बरामद गरिएको हो ।

उक्त कार र बा५२प ४५६७ नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । सोहीक्रममा ललितपुर महानगरपालिका–२३, गैरीगाउँबाट नक्खुतर्फ आउँदै गरेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई कार र मोटरसाइकल रोक्न भनेको थियो ।

तर, अटेर गरी भाग्दै गरेको अवस्थामा पेस्तोलबाट एक राउन्ड हवाईफायर गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसपछि खानतलासी गर्दा कारको पछाडि डिक्कीभित्र लुकाइराखेको अवस्थामा उक्त परिमाणको लागुऔषध ट्रामाडोल भेटिएको हो ।

उनीहरूमाथि थप अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा