खैरो हिरोइनसहित एक जना पक्राउ

काठमाडौँ, ३० जेठ । झापाको मेचीनगरबाट खैरो हिरोइनसहित बिर्तामोडका एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार आज दिउँसो मेचीनगर-६ स्थित पुरानो मेची पुल क्षेत्रबाट बिर्तामोड नगरपालिका-७ निवासी ३० वर्षीय विष्णु सिंह राजवंशीलाई पक्राउ गरेको हो ।

भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका राजवंशीलाई शङ्काका आधारमा जाँच गर्दा प्लास्टिकबाहेक पाँच ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो । बरामद लागुऔषधसहित निजलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० जेठ । Cyber Security Research and Innovation Nepal (CSRI Nepal) का अध्यक्ष तथा सूचना प्रविधि विज्ञ डा. शालिग्राम पराजुलीले

काठमाडौँ, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ, ३० जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर मोडमा रहेको बताएका छन् । सिन्धुपाल्चोक पुगेका उनले भने, ‘सीमा

काठमाडौँ, ३० जेठ । विभिन्न ७ बुँदे माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।  आज उनीहरुले प्रशिक्षार्थी चिकित्सकको ड्युटी